Logo

प्रमुख समाचार

राजकुमार गुप्तालाई पक्राउ गरी छानबिन गरियोस् : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ ।

मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।

शाहीले संसदमा बोलेका थिए, ‘गम्भीर भ्रष्टाचारको आरोपमा राजीनामा दिनु मात्र पर्याप्त छैन। कानून सबैका लागि बराबर हुनुपर्छ । पूर्वमन्त्री गुप्तालाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाइयोस्।’

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १४:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।