काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ ।
मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।
शाहीले संसदमा बोलेका थिए, ‘गम्भीर भ्रष्टाचारको आरोपमा राजीनामा दिनु मात्र पर्याप्त छैन। कानून सबैका लागि बराबर हुनुपर्छ । पूर्वमन्त्री गुप्तालाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाइयोस्।’




















प्रतिक्रिया