Logo

प्रमुख समाचार

भिआइपीका नाममा सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा ब्रह्मलुट



काठमाडौँ। सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय हत्तपत्त धेरैले यस कार्यालयका बारे जानकारी राखेको पाइँदैन । तर, यसभित्र हुने अनियमितता र कुकृत्यले सुशासनको तल्लोस्तरको नमुना देखाउँछ । भिआइपीका सुविधामा रहने यो कार्यालयले सामान्य नियमसमेत पूरा नगरी काम गरिरहेका हुन्छ । तर, यसबारे कुनै पनि तहले चासो राखेको पाइदैन ।

कार्यालय प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ, नायबसुब्बा सुनिलकुमार रोकाय, इन्जिनियर उमेश चौधरी र लेखाप्रमुख रामकुमार श्रेष्ठको मिलेमतोमा ब्रह्मलुट भइरहेको छ । उनीहरूले सामान सप्लायर्सहरूसँग मिलेर अकुत आर्जन गरिरहेका छन् । उनीहरूका विषयमा निकायमा पनि उजुरी परेको छ । तर, पैसाको भरमा उनीहरूले सबै क्षेत्र सामसुम पारेका छन् ।

केही दिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त कार्यालयमा छापा हानेको थियो । सम्पूर्ण कागजातमा स्ट्रिङ अपरेसन गरिएको थियो । तर, भिआइपीको ओछ्यानदेखि शौचालयसम्म रेखदेख गर्ने भएका कारण सोही पहुँचमा कर्मचारीहरूलाई कारवाही भएको छैन ।

त्यसोत पटक पटक बिभिन्न सञ्चारमाध्यमले पनि यो विषय उठान गरिरहेको छ । अनौठो कुरा बिचौलियाहरू पो सञ्चारमाध्यममा यस्तो समाचार नलेख्न धक्की दिन आउने गरेका छन् । सरोज अधिकारी जो नेपाली काँग्रेसका नेता पनि भन्न रुचाउँछन् । खासमा उनी सामान सप्लायर्स हुन् । उनले बिभिन्न सञ्चारमाध्यमका पत्रकारलाई धम्क्याएका हुन् ।

काँग्रेस निकट नै रहेका सुब्बा रोकायले बिचौलिया सप्लायर्स अधिकारीलाई त्यहाँ उठतीको लागि लगेको एक कर्मचारीले बताए । त्यसोत बिचौलिया अधिकारीले सञ्चारमाध्यमलाई फोन गरेर यो विषय मिलाउनु पर्छ भन्नुले पनि अनियमितताको पुष्टि हुन्छ ।

कर्मचारी प्रशासनको जिम्मेवारीमा रहेका सुब्बालाई स्टोरको पनि जिम्मा दिनुले पनि गडबड भएको स्पष्ट हुन्छ । कर्मचारी युनियनका नेताहरूलाई खुशी पार्नु पर्छ भन्दै सुब्बाले भागबन्डामा धेरै लिएपछि केही समय पहिले समस्या पनि भएको थियो । यस विषयमा कार्यालय प्रमुख भने आरोप मात्र भएको प्रतिकृया दिन्छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १७:३६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।