Logo

कोशी प्रदेश

दाइको ससुराली गएका युवकको हत्या



 

काठमाडौं । इलाममा गएराति एक युवकको हत्या भएको छ । सूर्योदय नगरपालिका–१ मा इलामकै माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

उनी आफ्ना दाजु निरोजसँगै ससुराली घर सूर्योदय– १, शिरिसे गएका थिए । दाजुको ससुराली घर गएका उनको स्थानीय काजी तामाङको घरमा झगडा हुँदा का क्रममा ३३ वर्षीय किरण शेर्पाले खुकुरी प्रहार गरेका थिए । धारिलो हतियार प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनामा मृतक प्रकाशका दाजु निरोज पनि गम्भीर घाइते भएका छन्। पेटमा धारिलो हतियार प्रहार हुँदा गभ्मीर घाइते भएका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटना पछि प्रहरीले आरोपी शेर्पालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ०८:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।