Logo

अर्थ

२५ करोडसम्मको सेयर धितो कर्जा आजदेखि उपलब्ध



काठमाडौं । आजदेखि सेयर धितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो ।

बुधबार सार्वजनिक परिपत्रमार्फत राष्ट्र बैंकले सेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मार्जिन लोन’ (शेयर धितो कर्जा) को सीमा वृद्धि गरेको हो । यसअघि यो सीमा १० करोड रुपैयाँ थियो, जुन पछिल्लो मौद्रिक नीतिबाट १५ करोड पुर्याइएको थियो । अब थप वृद्धि गर्दै २५ करोड रुपैयाँसम्म पु-याइएको हो ।

यो व्यवस्था केवल ‘मार्जिन प्रकृति’का सेयर धितो कर्जामा मात्र लागू हुनेछ । अन्य प्रयोजनमा लिइने सेयर धितो कर्जामा भने यस प्रकारको सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले यो सीमा व्यक्तिगत ऋणीका हकमा मात्र लागू हुने जनाएको छ । संस्थागत ऋणीका हकमा भने यस्तो कर्जा सीमा लागु नहुने व्यवस्था कायम रहनेछ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।