Logo

अर्थ

सान्भी इनर्जीको सेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार?



काठमाडाैं । सान्भी इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको पहिलो सेयर कारोबार आगामी आइतबारबाट हुनेछ ।

पहिलो कारोबारको लागि कम्पनीले १ सय २० रूपैयाँ ७४ पैसादेखि ३ सय ६२ रूपैयाँ २२ पैसाको मूल्य रेञ्ज पाएको छ ।

कम्पनीमा सर्वसाधारणको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूको ५० लाख १० हजार कित्ता सेयर स्वामित्व छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:२५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।