Logo

मनोरञ्जन

टिकटक बन्यो ‘शार्क ट्यांक नेपाल’को मनोरञ्जन पार्टनर



काठमाडौं । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । शार्क ट्यांक नेपालले नेपाली दर्शकलाई यो अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलोपटक प्रस्तुत गर्दैछ ।

शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रियस्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन् ।

टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नविदले शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रिएटरहरूलाई सशक्त पार्ने बताए । प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने टिकटकको प्रतिबद्धतालाई अझ बलियो बनाउने उनको विश्वास छ ।

यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिङलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्‍याउने टिकटकको विश्वास छ ।

यो साझेदारीले उद्यमशीलता, कन्टेन्ट इनोभेसन र लोकल स्टोरीटेलिङमा टिकटकको प्रतिबद्धतालाई स्पष्ट पार्ने बताइएको छ ।

डिजिटल मनोरञ्जनको ऊर्जा र व्यवसायिक प्रस्तुतिकरणको अनुशासन तथा प्रेरणालाई एकसाथ जोड्दै टिकटक र शार्क ट्यांक नेपालले सँगै मिलेर देशभरका दर्शकसामु जानकारी, मनोरञ्जन र सशक्तिकरणको अर्थलाई पुनःपरिभाषित गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १३:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।