Logo

कोशी प्रदेश

छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ



इलाम । इलाम माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईँको धारिलो हतियार ९छुरा० प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्यामा संलग्न रहेको अभियोगमा सूर्योदय नगरपालिका–१ निवासी ३३ वर्षीय किरण शेर्पालाई पक्राउ गरिएको हो ।

गत असार ३२ गते राति करिब ९ः५० बजे सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईँ र उनका भाइ प्रकाश चापागाईँसँगको आपसी विवादका क्रममा झगडा भएको थियो । सोही क्रममा स्थानमै रहेका किरण शेर्पाले धारिलो हतियार प्रयोग गरी दुवै जनामाथि आक्रमण गरेका थिए ।

छुरा प्रहारबाट प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको थियो भने उनका दाजु निरोज चापागाईँ गम्भीर घाइते भई हाल झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत छन् ।

घटना लगत्तै फरार रहेका किरण शेर्पालाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र मानेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १ गते राति भारत–नेपाल सिमानास्थित मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई साउन १ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार २१:२८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।