Logo

कोशी प्रदेश

सुनसरीको बुढीखोला खतरा तह पार, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । सुनसरीमा बुढीखोलामा आइतबार बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन ०४ गते, बिहान १ः२० बजे । सुनसरी जिल्लास्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०७:४०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।