Logo

प्रमुख समाचार

चितवनमा वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन



चितवन । चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ ।

शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ ।

पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ ।

बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए ।

सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्थित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ । वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताए ।

उनले कार्यक्रमलाई निरन्तरता दिँदै मध्यवर्ती क्षेत्रका सबै बालबालिकालाई यो कार्यक्रममा सहभागी गराइने जानकारी दिए । सचेतना कक्षा विषय प्रशिक्षकसहित विज्ञहरूलाई समेत सहभागी गराइने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०८:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।