Logo

प्रमुख समाचार

बाढीपहिरोले सुदुरपुर्वदेखि सुदुरपश्चिम तथा मध्यपहाडी राजमार्ग



काठमाडौं । वर्षासँग बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगर र रुप्सेस्थित बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

आइतबार ९साउन ४० बिहान करिब ०६ः२० बजे ती स्थानस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, बसेरीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

आइतबार बिहान करिब २ बजे बसेरीस्थित मध्यपहाडी लोकमार्गमा सडकमाथि रहेको कुलोबाट ढुंगामाटोसहितको लेदो झरेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ ।

गए राति करिब १२ बजे फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन’ बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–८ मा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार  बेलुका करिब १७ः४० बजे दशरथचन्द–८ स्थित महाकाली राजमार्गअन्तर्गत बैतडी–झुलाघाट सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०८:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।