Logo

गण्डकी प्रदेश

पर्वतको लाङ्दीमा पहिरोले घर पुरियो, श्रीमान–श्रीमती बेपत्ता



काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् ।

वर्षासँगै आएको पहिरोले घर पुरिँदा छविलाल दम्पत्ति बेपत्ता भएको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् । अहिले स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०८:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।