Logo

प्रमुख समाचार

दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प



दोलखा । लगातारको वर्षासँगै आएको पहिरोका कारण दोलखाका दुई प्रमुख सडक खण्ड अवरुद्ध भएका छन् । सिंगटी–लामाबगर सडकखण्ड र कालिन्चोक गाउँपालिका–६ लापिलाङ जाने सडकमा अवरोध हुँदा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाकाअनुसार बिगु गाउँपालिका–१, सोल्टीमोडमा पहिरो खस्दा सिंगटी–लामाबगर सडक पूर्णरूपमा अवरुद्ध भएको हो । ‘सडक खुलाउने प्रयास जारी छ, तर पूर्णरूपमा खुल्न केही समय लाग्न सक्छ,’ उनले भने ।

यस्तै, कालिन्चोक गाउँपालिका–६ लापिलाङतर्फ जाने सडक खण्ड पनि गोदुङ भन्ने स्थानमा खहरे खोलाको पानी एक्कासी बग्दा क्षति पुगेको छ । राति खोलाको पानी जमेर एकैचोटि खुलेपछि माटो, लेदो र ढुङ्गाले सडक ढाकिएको छ । त्यससँगै सडकको ढलान मुनिको भाग समेत भत्किएकाले चारपांग्रे सवारी साधन आवागमन असम्भव भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ११:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।