Logo

अर्थ

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको ‘गोल्ड अवार्ड’बाट सम्मानित



काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक रूपमा प्रदान गर्ने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थियो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक तोयम रायाले नबिल बैंकका वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १४:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।