Logo

शिक्षा

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक, १० हजार ८ सय ६७ जना विद्यार्थी उत्तीर्ण



काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

महानगर शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १ सय ७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

जसमध्ये १० हजार ८ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुन न्यूनतम ४० अंक आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

नतिजा महानगरको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १६:३०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।