Logo

अर्थ

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ



काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएकाे छ ।  २२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्‍याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे ।

त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गर्थे । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १४:४१   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।