Logo

कोशी प्रदेश

तमोर नदीको सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ । पाँचथर जिल्ला भएर बग्ने तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गर्दै नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार, पाँचथरस्थित माझीटार जलमापन केन्द्रमा आज बिहान ०६ः४० बजे गरिएको मापनमा तमोर नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकोले बाढी, कटान र डुबानको जोखिम बढेको विभागले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ०७:१४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।