काठमाडौं । कोलम्बिया विश्वविद्यालयले क्याम्पस क्षेत्रमा भएको विरोध प्रदर्शनमा भाग लिएका ७० जनाभन्दा बढी विद्यार्थीलाई कारबाही गरेको छ ।
मंगलबार एक विज्ञप्तिमार्फत विश्वविद्यालयले स्कुलको बटलर लाइब्रेरीमा भएको विरोध प्रदर्शनमा भाग लिएका विद्यार्थीलाई सजाय दिइरहेको पुष्टि गरेको एनबीसी न्युजले जनाएको छ ।
उक्त विरोध प्रदर्शनपछि कम्तीमा ८० जना पक्राउ परेका थिए । तर, कोलम्बिया विश्वविद्यालयले कुनै पनि विद्यार्थीको व्यक्तिगत अनुशासनात्मक नतिजा सार्वजनिक नगर्ने बताएको छ ।
तर, बटलर लाइब्रेरीबाट हुने दण्डात्मक कदमहरूमा प्रतिबन्ध निलम्बन ९एक वर्षदेखि तीन वर्षसम्म०, डिग्री रद्द र निष्कासन समावेश भएको बताइएको छ ।
यसबारे जानकार स्रोतले एनबीसी न्यूजलाई बताएअनुसार निलम्बित विद्यार्थीहरूमध्ये दुई तिहाइलाई दुई वर्षका लागि निलम्बन गरिएको छ ।
विद्यार्थी समूहले कारबाहीको पत्रहरूमा निलम्बित विद्यार्थीलाई क्याम्पसमा फर्कन विश्वविद्यालय सामु माफी माग्नुपर्ने बताइएको दाबी गरेको छ । अन्यथा निष्कासनको सामना गर्नुपर्ने बताएको छ ।
“हाम्रो संस्थाले हाम्रो समुदायको लागि शैक्षनिक मिसन पूरा गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ,” मंगलबारको आफ्नो विज्ञप्तिमा कोलम्बिया विश्वविद्यालयले भन्यो, “शैक्षिक गतिविधिहरूमा अवरोध विश्वविद्यालयको नीति र नियमहरूको उल्लंघन हो र यस्ता उल्लंघनहरूले अनिवार्य रूपमा परिणामहरू निम्त्याउनेछ ।”
यो अनुशासनात्मक कारबाही ट्रम्प प्रशासनले विश्वविद्यालयलाई सयौँ मिलियन डलरको संघीय अनुसन्धान अनुदान कटौती गरेको केही महिनापछि आएको हो ।





















प्रतिक्रिया