Logo

प्रमुख समाचार

चीनतर्फ रोकिएका २०३ नेपालीलाई कोदारी नाकाबाट ल्याइयो



काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुल बगाउँदा चीनतर्फ रोकिएका २०३ नेपाली बुधबार फर्किएका छन् ।

बाढीले नेपाल र चीन जोड्ने केरुङ पुल बगाउँदा केरुङ नाकामा फसेका नेपालीलाई चिनियाँ सरकारले केरुङ हुँदै सिन्धुपाल्चोकको कोदारी सीमासम्म पुर्‍याउन सहयोग गरेको थियो ।

कोदारी नाकाबाट भने नेपाल सरकारले ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी माधव खरेलले जानकारी दिए ।

गत असार २४ गते आएको बाढीले रसुवाको केरुङ पुल बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हाल केरुङ नाका पूर्णरूपमा बन्द छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार २०:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।