Logo

सुरक्षा/अपराध

बैंक ब्यालेन्स देखाउने नाममा ठग्ने विशाल घिमिरे पुनः पक्राउ



काठमाडौँ । बैंक ब्यालेन्स देखाउने नाममा ठगी धन्दा चलाउँदै आएका काभ्रे घर भएका विशाल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–२ घर भएका विशाल घिमिरे ३ महिनापछि पुनः पक्राउ परेका हुन् ।

भक्तपुरको लोकन्थली बस्दै आएका २३ वर्षीय घिमिरेलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) काजी कुमार आचार्यले बताए ।

अमेरिकामा पढ्न जाने विद्यार्थीहरूलाई बैंक ब्यालेन्स देखाउन एक दिन मात्र रकम डिपोजिट गर्न लगाएर ‘कमिसन’को लोभ देखाएर घिमिरेले ठगी धन्दा चलाएका हुन् । २०८२ वैशाख २० मा पक्राउ परेर छुटेका उनलाई प्रहरीले पुनः त्यही धन्दा चलाएको फेला पारेपछि पक्राउ गरेको हो ।

बैंक ब्यालेन्स देखाउने भन्दै ६१ लाख रुपैयाँ ठगी

साउन ६ मा पक्राउ परेका घिमिरेले यस पटक १ करोड २० लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले जानकारी दिए । उनले रकम डिपोजिट गर्दा खाता प्रयोग गरिएका अरू दुई जना पनि पक्राउ परेका हुन् ।

सर्लाही घर भएका २५ वर्षीय समीर सिंह र २६ वर्षीय अशोक कुमार यादवको बैंक खाता प्रयोग गरेको भेटिएको छ । सिंह र यादवलाई अपराध अनुसन्धान कार्यालयको टोलीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो ।

बैंक ब्यालेन्स देखाउन नाममा पैसा डिपोजिट गर्न लगाउने र सो बापत ‘कमिसन दिन्छु’ भनेर उनले ठग्ने गरेका थिए । पक्राउ परेका तिनैजनालाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

रकम डिपोजिट गरेपछि विद्यार्थी भिसामा अमेरिका जान खोज्नेहरूलाई घिमिरेले बैंकको फर्जी स्टेटमेन्ट बनाइदिएर रकम लिनेसँग सम्पर्क बिहीन हुने गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार २०:५१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।