इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा–३ मा बुधबार करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए ।
माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते भएका छन् । श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताए । रासस




















प्रतिक्रिया