Logo

लुम्बिनी प्रदेश

सल्यानमा डोजर दुर्घटना हुँदा दुईजना घाइते



छत्रेश्वरी गाउँपालिकामा डोजर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। बुधबार साँझ बा१ग ३५४० नम्बरको डोजर छत्रेश्वरी गाउँपालिका–१ फारुलीबोट नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी डोजर अपरेटर चित्रबहादुर खत्री र हिमलाल विक घाइते भएको छत्रेश्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए। छत्रेश्वरी गाउँपालिका–१ को दमाचौर र वडा नम्बर २ को बुराँसे जोड्ने सडक निर्माणका क्रममा दमाचौरतर्फ तेल लिन आउने क्रममा ब्रेक फेल भएर डोजर दुर्घटना भएको हमालको भनाइ छ ।

डोजर सडकबाट करिब ५० मिटर तल खसेको छ । घाइते दुवैको टाउकोमा चोट देखिएको छ । घाइतेहरूको दमाचौरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि श्रीनगर पठाएको हमालले बताए।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार ०७:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।