Logo

गण्डकी प्रदेश

सिन्धुली सम्पर्कविहीन घटना: हायू परिवारका सबैजना पोखरामा भेटिए



काठमाडौं । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना नै पोखरामा भेटिएका छन् ।

सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको उनले जानकारी दिए ।

उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए ।

१८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको थियो । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना कसैलाई केही नबताई गाउँबाट सम्पर्कविहीन भएका थिए ।

केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार २०:३०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।