Logo

प्रमुख समाचार

सचिन र समिक्षाको स्वारमा ‘कस्की छोरी होला’ सार्वजनिक



काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार व्यथितिले भरिपूर्ण भएको छ भन्दा फरक नपर्ला । तीज गीतको नाममा त झन् घरपरिवार आफन्त इष्टमित्र सँगै बसेर सुनि नसक्नु हेरि नसक्नु जस्ता छाडा गीतहरु सार्वजनिक भइरहेका छन् ।

यस्ता गीत संगीतप्रति अंकुश लगाउने भने अहिलेसम्म नेपालमा कुनै संस्थाहरु जन्मेका छैनन् । संस्थाहरू पनि छन् तर संस्थाहरु आफैमा लाल्छना लाएर बसेका छन् ।

उनीहरु यतिबेला पछिल्लो समय पानीमाथिको ओबानो बन्न खोजेका छन् तर उनीहरु आफ्नै गीत व्यथितिले भरिपूर्ण भएर हिट भएका कलाकारहरु नै हुन् । अन्तत उनीहरु उक्त संस्थामा आबद्ध रहेका छन् ।

हुन त हाम्रो नेपाली समाजमा आफ्नो आङमा हिँडेको भैंसी पनि नदेख्ने र अरुको आङमा हिँडेको जुम्रा देख्ने बानी परिरहेको छ। त्यसैले पनि होला आफ्ना व्यथिति गीतहरुलाई चाहिँ चुपचाप मोहन बस्ने बानी नै परेको छ ।

यस्तै यस्तै सांगीतिक भिडमा यतिबेला साँच्चिकै नेपालीको मन छुने नेपालीले साँच्चै चाहेको खोजेको जस्तो तीज गीत सार्वजनिक भइसकेको छ।
हो सोही गीतलाई गोरखाली कलाकार, उदयमान कलाकार, सचिन भट्टराईले बजारमा ल्याएका छन्।

गायक एवं सर्जक सचिन भट्टराईले तिज गीत ‘कस्की छोरी होला’ सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक गीतमा गायक भट्टराई र गायिका समिक्षा अधिकारीको आवाज रहेको छ भने सचिन आफैँले शब्द रचना र संगीत भरेका छन् ।

गीतको भिडियो समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । तीज गीतको नाममा छाडापन र मौलिक संस्कारमा आघात पुर्याउने सिर्जनाहरूले बजार ढाकिरहेको बेला, ‘कस्की छोरी होला’ नामक गीत ल्याएको गायक भट्टराईले बताए ।

भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ भने सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बिसीको अभिनय देख्न सकिन्छ । छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन् । एचबीएन किस्मतको संगीत संयोजन रहेको छ ।

https://www.youtube.com/watch?v=8pMKcyvLSAA

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०८:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।