Logo

प्रमुख समाचार

बागमतीमा ३ जना मन्त्री नियुक्त, आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी लम्साललाई



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका ५ जना मन्त्रीहरुले राजीनामा दिएको पाँच वटा मन्त्रालय मध्यमा तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जनपत्रलाई जानकारी दिए ।

मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन ।

नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १०:४६   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।