Logo

अर्थ

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो



काठमाडौं । आम सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ । आज बिहीबारदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १२:१५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।