Logo

अर्थ

एनआईसी एशियाका ग्राहकलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्झौतापछि यस बैंकका ग्राहकले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु हेयर ट्रान्सप्लान्ट, फेसियल, एन्टि-एजिङ ट्रीटमेन्ट, स्कार ट्रीटमेन्ट, एक्ने ट्रीटमेन्ट र हाइपरबेरिक अक्सिजन थेरापीमा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएकाे छ ।

लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।