Logo

अर्थ

मार्गदर्शन सहकारीको ६ करोड अपचलकाे आरोपमा अध्यक्ष केसी भक्तपुरबाट पक्राउ



काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् ।

दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले बताए ।

यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १६:४२   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।