विराटनगर । मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशनबाट शिवप्रसाद रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो, जसमा सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा घनश्याम कवरा र तुलसीप्रसाद पोखरेल चयन भएका छन् । महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिबहादुर निरौला, कोषाध्यक्षमा मनोजकुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् ।
सदस्यहरूमा अञ्जलीदेवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगल किशोर राठी, विकास लालवानी, रितेश खनाल, सुरेशकुमार भट्टराई, सुवासप्रसाद रिजाल, चिरञ्जीवी पराजुली र सीतादेवी पराजुली रहेका छन् ।
निर्वाचित सबैलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले अविर र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।




















प्रतिक्रिया