Logo

खेलकुद

एनपीएलको अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक, आदिल अन्सारी ‘ए’ ग्रेडमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सुची सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।

अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ ।

‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १२:०५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।