Logo

प्रमुख समाचार

रुपन्देही- ३ मा उम्मेदवार हुन रास्वपाबाट नाै जनाको आवेदन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ ।

रास्वपाले ७ साउनमा २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र नाैजनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए ।

आवेदन दिएकामध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।

उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०७:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।