Logo

प्रमुख समाचार

रविको पक्षमा ३२ लाख ६ हजार ६ सय ८ गरे हस्ताक्षर



 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख छ हजार ६०८ हस्ताक्षर सङ्कलन भएको छ ।

यस्तै ६२ लाख १६ हजार ६६९ चन्दा सङ्कलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार यो आँकडा शुक्रवार (आज) सम्मको हो ।

लामिछाने अहिले भैरहवा कारागारमा छन् । सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेका विरुद्ध राज्यले प्रतिशोध साँधेको रास्वपाको दाबी छ ।

त्यही प्रतिशोधको विरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर सङ्कलन अभियान थालेको थियो । त्यसमा आजको मितिसम्म यो आँकडामा हस्ताक्षर सङ्कलन भएको हो ।

रास्वपाले हस्ताक्षर अभियानका लागि स्वतस्स्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो । उक्त आह्वानबापत् आजको मितिसम्म ६२ लाखभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता झाले जानकारी दिए ।

हस्ताक्षर अभियानमा विभिन्न पार्टीका नेताहरू तथा कलाकारहरूले पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार २०:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।