Logo

अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघद्वारा गाजामा पत्रकारलक्षित इजरायली आक्रमणको निन्दा



संयुक्त राष्ट्रसंघ (यूएन)को मानवअधिकार कार्यालयले गाजामा ६ जना पत्रकारको मारिने गरी भएको इजरायली आक्रमणको निन्दा गरेको छ । यूएनले यो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ ।

आइतबार भएको इजरायली हवाई आक्रमणमा अलजजिराका संवाददाता अनस अल–शरीफसहित पाँच पत्रकार मारिएका थिए । अर्का एक स्वतन्त्र पत्रकारसहित अन्य दुई पत्रकार पनि मारिएका बताइएको छ ।

इजरायलको सेनाले शरीफलाई निशाना बनाएको बताउँदै उनलाई हमासको आतंकवादी समूहको नेताको रूपमा काम गरेको आरोप लगाएको छ । शरीफले यो आरोप अस्वीकार गरेका थिए । इजरायलले यो दाबीको लागि पर्याप्त प्रमाण प्रस्तुत गरेको छैन ।

बीबीसीका अनुसार वर्तमान द्वन्द्वअघि शरीफले गाजामा हमासको मिडिया टोलीसँग केही काम गरेका थिए ।

उनको मृत्युअघि सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा शरीफले हमासको आलोचना गरेको सुनिन्छ । मिडिया अधिकार समूहहरू र कतारलगायत देशहरूले यो आक्रमणको निन्दा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री सर किएर स्टार्मरका प्रवक्ताले बेलायत सरकार गम्भीर रूपमा चिन्तित भएको बताउँदै स्वतन्त्र छानबिनको माग गरेका छन् ।

शरीफलगायत मारिएका पत्रकारहरूको सोमबार अन्त्येष्टि गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, अल–शिफा अस्पतालका चिकित्सकहरूले मोहम्मद अल–खाल्दीलाई आक्रमणमा मारिएको छैटौँ पत्रकारको रूपमा पहिचान गरेका छन् । आक्रमणमा अर्का एक स्वतन्त्र पत्रकारको पनि मृत्यु भएको बताइएको छ । बीबीसी

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ०७:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।