काठमाडौं । बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा सञ्चालन हुने भएको छ ।
नयाँ भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिए ।
गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भई १८ महिनामा सकिनेगरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो ।
तर ठेकेदार कम्पनीको ढिलाइका कारण ठेक्का सम्झौता भएको करिब पाँच वर्षपछि प्रदेशसभा भवन निर्माण सम्पन्न भएको हो ।
सहरी विकास तथा भवन कार्यालय हेटौँडा मकवानपुरमार्फत अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले रु पाँच करोड २९ लाखको लागतमा उक्त भवन निर्माण गरेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिए ।




















प्रतिक्रिया