Logo

अन्तर्राष्ट्रिय

युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका लागि प्रयोग हुन सक्ने सम्भावना रहने जेलेन्स्कीले औँल्याएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र जेलेन्स्कीका बीचमा शुक्रबार अलास्कामा हुन लागेको वार्ताको पूर्व सन्ध्यामा उनको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाका लागि कुनै पनि भूभाग दिने कुरा हुनसक्ने बताएका छन्।

वार्ताको तयारी भइरहेको समयमा पनि रुसी सेनाले आफूलाई अघि बढाइ रहेको छ। छोटो समयमा नै डोरोप्रिलामा १० किलोमिटर कब्जा गरेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ०७:०९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।