Logo

अन्तर्राष्ट्रिय

स्पेन र पोर्चुगलमा उल्का गर्मी, तापक्रम ४० डिग्री नाघ्यो



दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा डढेलोको प्रकोप पनि त्यत्तिकै छ। तापक्रम बढेर ४० डिग्री सेल्सियस नाघेको छ।

इटाली, फ्रान्स, स्पेन र पोर्चुगल लगायत बलाकन क्षेत्रमा डढेलोको प्रकोप बढेको हो। स्पेनको मौसम विभागले सेभिया र कोरडोबामा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्नसक्ने पूर्वानुमान गरेको छ। दक्षिणी पोर्चुगलमा ४४ डिग्री सेल्सियससम्म पुग्न सक्ने छ।

स्पेनको इक्वेसिट्रयन क्षेत्रमा केही व्यक्तिको गर्मीकै कारण ज्यान गएको छ।  स्पेनका राष्ट्रपति पेड्रो साँचेजले उद्धार टोलीले काम गरिरहेको बताएका छन्।

स्पेनको उत्तर पश्चिम क्षेत्रमा चार हजार मानिस विस्थापित भएका छन्। उक्त क्षेत्रका ३० स्थानमा आगलागी हुँदा धेरै मानिस विस्थापित भएका हुन्।

युनेस्कोको सूचीमा रहेको लास मेडुलास लगायत स्थान जोखिममा छन्। त्यहाँ पुराना सुनको खानी रहेको अपेक्षा गरिएको छ।

दक्षिणी प्रान्त एन्डालुसियाको पर्यटकीय केन्द्र टारिफाबाट दुई हजार जना विस्थापित भएका छन्।

सैन्य आपत्कालीन निकायले मंगलबार दिएको जानकारी अनुसार यसरी जङ्गलमा डढेलोको सामना गर्न एक हजार सैनिक खटाइएको छ।

पोर्चुगलमा पनि तीन क्षेत्रमा ठुलो डढेलो लागेको छ। उक्त क्षेत्रमा आगो निभाउने प्रयास जारी छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ०७:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।