काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति तथा नेपालका पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६औं जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व. कोइरालाको राष्ट्रप्रेम, त्याग र सादगीपूर्ण जीवनशैलीको स्मरण गर्दै युवाहरुलाई राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरणा लिन आह्वान गरेका छन् ।
‘उहाँकै नेतृत्वमा २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो, त्यसैले उहाँलाई ‘संविधानका पिता’ पनि भनिन्छ,’ अध्यक्ष गुरुङले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली सन्देश दिँदै उल्लेख गरेका छन् ।
स्व. कोइरालाको जन्म वि.सं. १९९६ साल साउन २८ गते विराटनगरमा भएको थियो भने उनको निधन २०७२ साल माघ २६ गते महाराजगञ्जमा भएको थियो । २०७० साल मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि उनी देशको कार्यकारी नेतृत्वमा पुगेका थिए ।
‘स्व. कोइरालाले देख्नुभएको राष्ट्रहितको सपना पूरा गर्न सम्पूर्ण तरुणहरुले प्रेरणा पाउँन्,’ अध्यक्ष गुरुङको भनाइ छ ।




















प्रतिक्रिया