Logo

गण्डकी प्रदेश

मुस्ताङको ढी–सुर्खाङ जोड्ने पक्की पुलमा क्षति, सवारी आवागमनमा रोक



मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ ।

मंगलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ०७:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।