Logo

प्रमुख समाचार

सप्तरीको चन्द्रनहरमा डुबेर एकजनाको मृत्यु



राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–८, चाँदनी चोकनजिक चन्द्रनहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

कञ्चनरूप–७, बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका निम्ति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार ०७:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।