काठमाडाैं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६ को आँकडा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।
शनिबार सार्वजनिक पोस्टरमा अभिनेत्री रेखा र पूजा शर्मालाई प्रस्तुत गरिएको छ, जसमा रेखा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् भने अर्की अभिनेत्री पूजालाई उनले हतकडी लगाएर नियन्त्रणमा लिएको दृश्य देखाइएको छ ।
पोस्टरले दुई प्रमुख महिला पात्रहरूबीचको द्वन्द्व र टकरावको कथामा फिल्म बन्ने संकेत गर्छ । सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जाने जनाइएको छ ।
फिल्मको शनिबार नै पशुपति मन्दिरमा शुभसाइत पूजा गरेर औपचारिक निर्माण घोषणा गरिएको थियो ।
फिल्ममा अभिनेता महेश त्रिपाठी र पुष्प खड्काले पनि शीर्ष भूमिकामा अभिनय गर्नेछन् । रेखा फिल्मस्ले काइट्स इन्टरटेन्मेन्टसँगको सहकार्यमा फिल्म बनाउन लागेको हो ।





















प्रतिक्रिया