Logo

सुरक्षा / अपराध

हत्या गरेको अभियोगमा २ जना पक्राउ



पोखरा महानगरपालिका-३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुठ्ठे लामाले कात्तिक १५ गते बियरको बोतलले कुटपिट गर्दा गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले कुटपिट गर्ने जुठ्ठे लामालाई पक्राउ गरेको हो ।  

            बाँके, आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

                        यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार