Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षा र बाढीबाट ३ सय बढीको मृत्यु



एजेन्सी । उत्तर–पश्चिम पाकिस्तानको एक जिल्लामा बाढी र पहिरोबाट ३ सय बढीको मृत्यु भएको छ ।

त्यस्तै २ सय भन्दा बढी मानिसहरू अझै बेपत्ता रहेको एक अधिकारीले बताएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा बढी मृत्यु भएको रेकर्ड गरिएको छ । बाढीले खैबर पख्तुनख्वाको बुनेर जिल्ला सबैभन्दा प्रभावित छ ।

यो जिल्लामा मात्रै अझै पनि कम्तीमा २०९ जना मानिस बेपत्ता रहेको र यो सङ्ख्या अरू बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

हालैका दिनमा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त र कश्मीर प्रशासित क्षेत्रमा क्लाउड ब्रष्टका घटना देखिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार २०:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।