Logo

कोशी प्रदेश

विराटनगर रथयात्रामा शंकास्पद गतिविधिमा संलग्न २६ जना पक्राउ



विराटनगर । विराटनगरमा जारी राधाकृष्ण रथयात्राका क्रममा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार, नियन्त्रणमा लिइएकामध्ये १९ जना पुरुष र सातजना महिला छन् ।

उनीहरूलाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ । संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रवक्ता डीएसपी कोपिला चुँडालले रथयात्रालाई लक्षित गर्दै विराटनगरमा कडा सुरक्षा व्यवस्था लागु गरिएको जानकारी दिइन् ।

उनका अनुसार, मोबाइल र सिक्री हराएको उजुरीहरू पनि प्राप्त भएका छन् । रथयात्राको भिडमा हराएका तीन बालकलाई प्रहरीले सुरक्षित रूपमा फेला पारेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार २०:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।