Logo

अन्तर्राष्ट्रिय

कुवेत विषाक्त मदिरा प्रकरण: दुई नेपालीसहित ६७ जना पक्राउ



काठमाडौं । कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा दुई नेपालीसहित ६७ जना पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएके छ ।

पक्राउ पर्ने नेपालीमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् । पक्राउ परेका अन्यमा भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।

कुवेतमा गतसाता विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना नेपाली रहेका छन् ।

विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये ३६ जना नेपाली रहेका छन् । कुवेतमा मदिरा सेवन प्रतिबन्ध रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार २१:२१   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।