काठमाडौं । हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् ।
कार्यक्रममा मन्त्री गुरुङले हुलाक टिकटले इतिहास जोगाउने र राष्ट्रसेवकको योगदान अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने बताए ।

देशभक्त काजी कालु पाँडेका सन्तति भीमबहादुर पाँडे नेपालका पहिलो वाणिज्य स्नातकोत्तर हुन् । प्रशासन, कुटनीति, लेखन र समाजसेवामा उनको योगदानको कदरस्वरूप टिकट प्रकाशित गरिएको हो ।




















प्रतिक्रिया