Logo

अन्तर्राष्ट्रिय

चीनका विदेशमन्त्री वाङ यी र भारतीय प्रधानमन्त्री मोदीको भेटे



नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्ति अनुसार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी जिनपिङको सन्देश र तियानजिनमा आयोजना हुने एससीओ शिखर सम्मेलनको निमन्त्रणा प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री मोदीले राष्ट्रपति सीलाई यो निमन्त्रणाको लागि धन्यवाद दिँदै आफ्नो सहमति पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा भेटघाटको तस्वीर सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सीसँगको मेरो भेटपछि, भारत-चीन सम्बन्धले पारस्परिक हित र संवेदनशील मुद्दाहरूको सम्मान गर्दै निरन्तर प्रगति गरेको छ। म एससीओ शिखर सम्मेलनको क्रममा तियानजिनमा हुने हाम्रो अर्को भेटको लागि तत्पर छु।’

प्रधानमन्त्री मोदीले भारत र चीनबिचको बलियो र सकारात्मक सम्बन्धले यस क्षेत्रमा मात्र नभई विश्वभर शान्ति र विकासलाई प्रवर्द्धन गर्ने बताए।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार २१:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।