Logo

प्रमुख समाचार

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयको आन्दोलन घोषणा, भोलिबाट सुरू

निजी विद्यालयका ५ बुँदे माग



काठमाडौं । शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय संगठनहरूले आन्दोलन घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले बुधबार संयुक्त पत्रकार सम्मेलनमार्फत भदौ ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले भने- ‘८ गतेसम्म कुर्छौं, त्यसपछि विद्यालय बन्द गरेर आन्दोलनमा होमिन्छौं।’

त्यसअघि भोलि बिहान ११ बजेबाट माइतीघर मण्डलामा पुगेर प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने, भदौ ६ गते देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन घोषणा गरेको हो ।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, वद्यालयहरूलाई “गैर–नाफामूलक“ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगायतका माग राखेका छन् । विद्यालय शिक्षा विधेयकमा संसदीय समितिमा पारित हुने चरणमा छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १४:१९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।