Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेश सरकाले भदौ ८ गते ६ वटा जिल्लामा बिदा दिने



 

बुटवल । लुम्बिनी प्रदेश सरकाले भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका ६ वटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारले बिहीबार थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा बर्का अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको हो ।

प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

थारू समुदायमा बर्का अट्वारी पर्व हर्षोल्लासका साथ मनाइन्छ । यस वर्ष यो पर्व ८ गते आइतबार परेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने धार्मिक मान्यता छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार २०:४५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।