Logo

प्रमुख समाचार

थापागाउँबाट र्वराष्ट्रपति विद्याले उठाइन् सरकार, संसद् र च्यासलमाथि प्रश्न



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार फरक ढंगले प्रस्तुत भइन् । लिखित रूपमा मन्तव्य दिँदै आएकी भण्डारीले ड्यासमा उभिएर आधा घण्टा लामो भाषण गरिन् ।

एमालेले पार्टी सदस्यतामा रोक लगाएको एक महिनामै थापागाउँमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै उनले एमाले, सरकार र संसद्‌माथि गम्भीर प्रश्न उठाएकी छन् ।

कार्यक्रममा उपस्थित भएका नेता कार्यकर्ता भन्छन्– आज फरक शैली देखियो । पार्टीको उपाध्यक्षको रूपमा प्रस्तुत भएको भान भएको छ ।

हुनत, विद्याले गएको साउन ९ गते पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा एमाले उपाध्यक्ष मात्रै लेखिएको थियो ।

२०७२ कार्तिक ११ अघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेको बखत भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको थियो ।

दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेर भण्डारी २०७९ फागुन २९ गते शीतलनिवासबाट फर्किएकी थिइन् । उनले गएको असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय हुन खोजेकी भण्डारीले मदनको ७५औँ जन्मजयन्ती मनाउनका लागि गठित समितिको सम्पर्क कार्यालय बिहीबार उद्घाटन गरिन् ।

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको समिति गएको असार ३१ गते घोषणा गरिएको थियो । समितिको संयोजक भण्डारी हुन् ।

थापागाउँस्थित एमाले नेता विदुर मैनालीको घरमा समितिको कार्यालय सञ्चालनमा ल्याउँदै भण्डारीले पार्टीमा नै लड्ने सन्देश दिएकी छन् ।

कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका तीन पदाधिकारी उपस्थित भए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे उनको साथमा देखिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मन्तव्य पनि दिए । दुई उपाध्यक्षले भने बोल्ने कार्यक्रम थिएन ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार २१:०८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।