Logo

पोखरी र पानी ट्याङ्कीमा डुबेर २ को मृत्यु



सप्तरी, अग्निसाईर कृष्णसावरन गाउँपालिका-४ प्रसवनी लावापुर बस्ने जंगली सदाको ७ वर्षीय छोरा बिशाल सदाको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । बिशाल सदा र सोही ठाउँ बस्ने दसरत सदाको ६ वर्षीय छोरा सागर सदा उक्त पोखरीमा नुहाउने क्रममा बिशाल सदाको डुबेर मृत्यु भएको हो ।  

सल्यान, शारदा नगरपालिका-४ स्थित कृषि फर्म सिंचाईको खुला पानी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने २४ वर्षीया सिर्जना सेजवालको बुधबार मृत्यु भएको छ ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।